काठमाडौं - काभ्रेपलाञ्चोकको पनौतीमा सीजी होल्डिङ्सले २२० घरसहितको सीजी भिलेज निर्माण गर्ने भएको छ । कम्पनीले १ सय ११ रोपनी क्षेत्रफलमा पनौतीमा भिलेज निर्माण गर्न लागेको हो।
रिङरोडको छेउछाउमा निर्माण हुने हाउजिङ पनौती क्षेत्रमा निर्माण गरिने भएको छ । कम्पनीले पनौती भिलेजलाई ‘विकएन्ड होम’ अर्थात् हप्ताको ५र६ दिन सहरमा काम गर्ने हप्ता बिदा बस्न घरमा जाने ‘कन्सेप्ट’मा घर निर्माण हुन लागेको हो ।
उक्त भिलेज निर्माणका लागि ४ आनाका प्लटको बुकिङ खुल्ला भइसकेको छ । साथै ठूला प्लटको बुकिङ खुल्न गर्न बाँकी रहेको बताइएको छ। एउटा घरको सुरुवाती मूल्य १ करोड ७३ लाख रुपैयाँ पर्ने जनाइएको छ।
बुकिङ भएका घरको निर्माणकार्य १ हप्ता अघिबाटै सुरु भइसकेको र अहिले निर्माण सुरु भएको घरको काम ३ वर्षभित्र सकिने सीजी होल्डिङ्सले जनाएको छ ।
उक्त क्षेत्र काठमाडौं उपत्यकादेखि करिब ३३ किलोमिटरको दूरीमा पर्छ । त्यहाँ उपत्यकाबाट दुईवटा बाटोबाट पुग्न सकिन्छ । काठमाडौं देखि बनेपा हुँदै र ग्वार्को देखि कुशादेवी हुँदै पुग्न सकिन्छ । यो बाटो बनेपाको भन्दा छोटो पर्दछ । उक्त क्षेत्रमा सार्वजनिक रमणीय जङ्गल पनि पर्दछ ।
ठूला घर, फराकिला सडक, खानेपानी विद्युतको पर्याप्त व्यवस्था रहेको कम्पनीले जनाएको छ । त्यहाँ करिब १० प्रतिशत खुल्ला क्षेत्र रहने पनि कम्पनीले जनाएको छ ।
हरेक घरमा ४ वटा बेडरुम, एउटा हल र किचन रहनेछ । एउटा घर कम्तीमा पनि ४ आना जग्गामा बन्ने कम्पनीले जनाएको छ । त्यस्तै, पूर्व र पश्चिम दिशामा फर्किएका घर २ हजार ३ वर्ग फिटमा निर्माण हुनेछ ।
ग्राउन्ड फ्लोरमा गाडी पार्किङसहित लिभिङ रुम, डाइनिङ रुम, किचन, स्टोरसहितको हुनेछ । जसमा १३ फिट लम्बाइ र १३ चौडाइ भएको गाडी पार्किङ हुनेछ । ४ वाई ६ को पाउडर रुम र २ वाई ८ को स्टोर रुम हुनेछ ।
लिभिङ एरिया १८ फिट लम्बाइ १० फिट चौडाइको हुनेछ । डाइनिङ एरिया १४ फिट लम्बाइ १० फिट चौडाइको हुनेछ । किचन ९ फिट चौडाइ १३ फिट लम्बाइको हुनेछ । घरको पहिलो तल्लामा ३ वटा बेडरुम हुनेछन् । फरक–फरक आधारका कोठामा एउटा १२ फिट लम्बाइ ९ फिट चौडाइको हुनेछ। दुईवटा कोठा १३ फिट लम्बाइ र १० फिट चौडाइका हुनेछन् ।
पहिलो तल्लामा ४ फिट लम्बाइ ६ मिटर लम्बाइको एउटा बाथरुम र ५ फिट लम्बाइ र ५ फिट चौडाइको अर्को बाथरुम रहनेछ। त्यसबाहेक ८ फिट चौडाइ र १० फिट लम्बाइको ट्यारेस हुनेछ ।
घरको दोस्रो तल्लामा ९ बाई १२ फिटको एउटा बेडरुमसहित ४ बाई ६ को बाथरुम हुनेछ ।
प्रतिक्रिया