काठमाडौं - रिलायन्स फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १० गते बुक क्लोज गरेसँगै भेलीसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको हो ।
यो लाभांश पारित गर्नका लागि कम्पनीले आगामी बैशाख २२ गते लैनचौर ब्याक्वेंटमा साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजेबाट शुरु हुनेछ ।
प्रतिक्रिया