महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई

५ बर्ष अगाडि

महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराई स्वतन्त्र संचालकमा नियुक्त  गरेको हो । 

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि बसेको पहिलो बैठकबाट कम्पनीले भट्टराईलाई स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

टोखा नगरपालिका वार्ड नं। ४ का भट्टराई पेशाले चार्टड एकाउन्टेन्ट हुन् । उनले विगतमा नविल बैंक लिमिटेड र विभोर विकास बैंकमा काम गरिसकेका छन् ।

उनले आजै संचालक समितिका अध्यक्ष मनोरजन रमण शर्माबाट सपथ लिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया