काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिएको छ ।
कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।
उक्त अवधिमा प्राप्त बोलपत्र आज आज बिहान ९ बजे विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिएको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । तोकिएको वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदनहरु मात्र बाँडफाँटमा सहभागी गराइने कम्पनीको भनाइ छ ।
यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
प्रतिक्रिया