तीन वटा कम्पनीले सरकारलाई बुझाएन ६३ करोड २५ लाख बढि बक्यौता, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं - दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम प्रालिले सरकारलाई ६३ करोड रुपैयाँभन्दा बढी बक्यौता बुझाएको छैन । 

साथै बक्यौता नबुझाउनेमा टासी कम्युनिकेसन, रोयल नेटवर्क प्रालि र आईटेल कम्युनिकेसन प्रालि पनि रहेको छन् । उक्त सबैको गरी जम्मा ६३ करोड २५ लाख ४० हजार रुपैयाँ सरकारलाई बक्यौता बुझाएका छैनन् । 

सबैभन्दा धेरै बक्यौता युनाइटेड टेलिकमको रहेको छ । आर्थिक वर्ष २०७४/७५ देखिको बाँकी रहेको उक्त कम्पनीको गत वर्षसम्म नतिरेको फ्रिक्वेन्सी बक्यौता ६३ करोड तीन लाख रुपैयाँ छ ।

त्यस्तै, आईटेलले आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको २१ लाख ६९ हजार बक्यौता बुझाएको छैन ।

टासी कम्युनिकेसनको भिस्याटको फ्रिक्वेन्सीबापतको ४७ हजार बक्यौता छ भने रोयल नेटवर्कको चार हजार आठ सय ८० रोयल्टी बक्यौता छ ।

दूरसञ्चार नियमावली, २०५४ मा अनुमति प्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको चार प्रतिशतले हुन आउने रकम प्रत्येक वर्ष रोयल्टीका रुपमा सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ ।

यस्तो रोयल्टी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति, २०६९ मा छ ।

तर, चार दूरसञ्चार प्रदायकले २०७२/७३ देखि गत आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता नतिरेका हुन् । बक्यौताभित्र फ्रिक्वेन्सी तथा भिस्याट र रोयल्टी छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया