९ गतेबाट लकडाउन !

५ बर्ष अगाडि

काठकाडौं - बैशाख ९ गते देखि बाँके जिल्लामा लकडाउन हुने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको जानकारी दिए ।

‘लकडाउन गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेर पनि सिडिओलाई सिफारिस गरिसकेको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन नै उत्तम विकल्प रहेको उनको भनाइ छ।

जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए । पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया