काठमाडौं - सरकारले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।
शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार मात्रै एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया