सिभिल बैंकद्वारा सिईओ गुरुङको राजीनामा स्वीकृत, व्यवस्था नभएसम्म पोखरेल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङले दिएको राजीनामा स्वीकृत गरेको छ । 

बैंकको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले यहि वैशाख १८ गतेदेखि लागू हुनेगरी गुरुङको राजीनामा स्वीकृत गरेको हो ।

साथै उक्त बैठकले नै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब कार्यकारी प्रमुख सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

किशोर महर्जनको पदावधि सकिएपछि गुरुङ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया