आज फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरीद गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले  कम्पनीले गत चैत ३ गतेदेखि संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको उक्त शेयर खरीद गर्ने आज अन्तिम दिन हो ।

इच्छुक योग्य लगानीकर्ताहरुले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा ५ हजार कित्ता वा १० ले भाग जानेगरी सम्पूर्ण शेयरका लागि आज मात्र कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

शिलबन्दी बोलपत्र बैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिने जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया