काठमाडौं - बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढेको छ । नेपाल धितोपत्र बोर्डले पछिल्ले पटक थप ९ वटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या बढेर ८३ पुगेको हो ।
यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेको थियो । जसमा ६२ संस्थाले आवेदन दिएका थिए । उक्त आवेदन मार्फत ४६ संस्थालाई पहिलो पटक पुस २२ गते योग्य छनोट गरेर अनुमति दिएइएको थियो ।
त्यस्तै दोस्रो पटक माघ २० गते थप १८ संस्थालाई अनुमति दिँदै ६४ पुर्याएको थियो । तेस्रो पटक फागुन २५ मा १० थप वटा संस्थालाई अनुमति दिएको थियो ।
साथै हाल ९ कम्पनी थपिएसँगै बुक विल्डिङ्ग विधिमा सहभागि हुन योग्य कुल संस्थागत लगानीकर्ताको संख्या ८३ पुगेको छ ।
पछिल्लो पटक स्वीकृति पाउनेमा नेपाल बैंक, मुक्तिनाथ विकास बैंक सहित केहि फाइनान्स र इन्भेष्टमेन्ट कम्पनी रहेका छन् ।


प्रतिक्रिया