१ हजार ३ सय ६४ प्रतिशतले बढ्यो कालिका लघुबित्तको खुद मुनाफा, ब्याज आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - कालिका लघुबित्त वित्तिय संस्था लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सोमबार सार्वजनिक भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

उक्त मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३ सय ६४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्षको सोहि अवधिमा ८९.१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ ।

साथै कम्पनीको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६३ लाख ६३ लाख रहेको थियो ।

कम्पनीको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैया २ पैसा रहेकोमा अहिले बृद्धि भएर ३१ रुपैयाँ ७५ पैसा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया