काठमाडौं - आज नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
बैंकका अनुसार झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ ।
यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ ।
प्रतिक्रिया