प्रत्येक दिन २ अर्ब ५० करोड रेमिट्यान्स, कोरोना कालमा अनुमान विपरीत विदेशबाट पठाए नेपालीले रकम

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा प्रत्येक दिन २ अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । औपचारिक च्यानलबाट दैनिक १ अर्ब ७६ करोड र बाँकी अनौपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ । 

यसबाहेक अनौपचारिक माध्यम भनिने हुण्डीमार्फत पनि ठूलो रकम भित्रिने गरेका कारण विदेशबाट दैनिकरुपमा आउने रकम २ अर्ब ५० करोडको हाराहारीमा हुने अनुमान गरिएको हो । 

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु घट्दै गएपनि नेपाल आउने रेमिट्यान्स भने बढेको छ । 

कोरोना भाइरसका कारण विदेशबाट आउने रकममा कमी आउने अनुमान गरिए पनि अनुमान विपरीत नेपालीले रकम पठाएको देखिएको छ । 

यसअघि २०७२ सालको भूकम्पपछि पनि अनपेक्षितरुपमा रेमिट्यान्स भित्रिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया