भारतबाट फर्किए पूर्वराजा

५ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए । 
कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए । 

भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाहसहित  भारत गएका थिए । 
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी कुम्भमेलामा सहभागी हुन हरिद्वार पुगेका हुन् । शाह दिल्लीमा समेत केही दिन बसेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया