काठमडौं - बुद्ध एयरले थप चार वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । एयरले वैशाख १८ गतेदेखि पोखरादेखि सिमरा, बिराटनगर, नेपालगञ्ज र भरतपुरबाट भैरहवा उडान सुरु गर्ने भएको हो ।
बुद्ध एयरले पोखरा–सिमरा–पोखरा, पोखरा–बिराटनगर–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा, भरतपुर भैरहवा भरतपुर र तुम्लिङटार-विराटनगर-तुम्लिङटार रुटमा हवाई उडान शुरु गर्ने जनाएको छ ।
योसँगै बुद्ध एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्ने जनाएको छ । हाल बुद्ध एयरले दैनिक १०० वटा उडान गर्दै आएको छ ।
प्रतिक्रिया