समता घरेलु लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, उमेर हद कति ?

५ बर्ष अगाडि

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार अधिकृत, शाखा प्रमुख, मार्केटिङ र सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरिएको छ । अधिकृत पदका लागि २१ वर्ष पुरा भई ४० वर्ष नकाटेको हुनुपर्ने छ । अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष नकाटेको हुनु पर्ने छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आवेदन यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनु पर्ने कम्पनीको सूचनामा उल्लेख गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया