काठमाडौं - नेपाल धितोपत्र बोर्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष 'एनआईबिएल समृद्धि फण्ड आईआई' को १२ करोड इकाई बिक्री गर्न योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटललाई अनुमति दिएको छ ।
बोर्डले १० वर्ष समयावधि रहेको “एनआईबिएल समृद्धि फण्ड आईआई ” प्रतिइकाई १० रुपैयाँ दरमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने चौंथो बन्दमुखी योजना सञ्चालन गन अनुमति दिएको हो । उक्त योजना नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवर्धनमा एनआईबिएल एस क्यापिटल अन्तर्गत सञ्चालन हुनेछ ।
अनुमति पाएको कुल १२ करोड इकाईमध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने जनाइएको छ ।
प्रतिक्रिया