राजकुमार फिलिपको अन्तिम संस्कार आज, ३० जना मात्र सहभागी हुन पाउने

५ बर्ष अगाडि

एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ दोस्रो श्रीमान् राजकुमार प्रिन्स फिलीपको आज अन्तिम संस्कार गरिँदैछ । उन निधन ९९ वर्षको उमेरमा गएको हप्ता शुक्रबार भएको थियो । 

अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ ।

राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ । राजकुमार फिलिपको अन्तिम संस्कारमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धहरूका कारण सामाजिक दूरी कायम गर्दै ३० जना मात्र सहभागी हुन पाउने छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया