काठमाडौं - बीमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले बिमा कम्पनीहरुलाई अभिकर्ताहरुलाई अनाधिकृत रुपमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ ।
समितिले एक सर्कुलर जारी गर्दै बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरु र बीमालेख धितो राखेर प्रदान गरिने कर्जा बाहेकका कुनै पनि कर्जाहरु प्रवाह नगर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ अनुसार आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए अनुसार कर्जा दिन र कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीले आफ्नो कर्मचारीहरुलाई सापटी दिन भने रोक नलगाइएको पनि समितिले जनाएको छ ।
प्रतिक्रिया