चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा गोल्छा मनोनित

५ बर्ष अगाडि

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा उनलाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रवार स्वागत गरेका  थिए ।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको सो अवसरमा गोल्छाले बताए । विसं २००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष रहेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया