कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे  विश्वासको मत

५ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएक छन् । 

उनले प्रदेशसभाको सातौँ  अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिएक्ँ हुन्   ।  सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए  । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् । 

प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपाएमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए ।

कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया