राजस्व असुली २३.४९ प्रतिशतले वृद्धि

५ बर्ष अगाडि

काठमाडौं - गत फागुन महीनामा ४.२६ प्रतिशतले असुली वृद्धि गरेको आन्तरिक राजस्व कार्यालय भरतपुरले चैत महीनामा आएर २३.४९ प्रतिशत भन्दा बढीले राजस्व असुली गरेको छ । 

उक्त कार्यालयका अनुसार गत फागुन महीनामा कार्यालयलाई राजस्व विभागले सबै शिर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार रुपैयाँ लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

चैत महीनामा पनि राजस्व असुलीमा कार्यालयको उल्लेख्य प्रगति देखिएको छ । जस अनुसार चैत महीनामा १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा २ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ राजस्व असुली भएको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया