काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैशाख २ गते बिहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया