ग्लोबल आइएमई सँग प्राप्ति (एक्विजिशन) मा गयो स्पर्स लघुवित्त

५ बर्ष अगाडि

काठमाडौं– ग्लोबल आइएमई वित्तिय संस्थाले स्पर्स लघुवित्त वित्तिय संस्थालाई प्राप्ति (एक्विजिशन) गरि एकीकृत कारोबार गर्ने भएको छ ।

यि दुई संस्थाहरू बिच गत पुस २७ गते एक्विजिशनमा जाने अन्तिम सम्झौता भएको थियो । स्पर्स लघुवित्तलाई प्राप्ति पछि ग्लोबल आइएमईले आगामी बैशाख ८ गते देखी एकीकृत कारोबार गर्ने छ ।

प्राप्तिमा जान गत चैत १० गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको थियो । जस अनुसार यस अघि स्पर्स वित्तीयको अन्तिम दिन सम्म कायम रहेको सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व प्राप्ति पछि बन्ने ग्लोबल आइएमई लघुवित्तले बेहोर्ने गरी सम्झैतामा उल्लेख गरिएको छ । 

यि संस्था एक आपसमा समाहित पश्चात संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहने सूचनामा उल्लेख गरिएको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया