युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कति ?

५ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आथिर्क वर्ष २०७५र०७६ को बीमाङ्कीय मुल्याङकन सम्बन्धी प्रतिवेदन बीमा समितिबाट चैत्र २० गते स्वीकृत भए अनुसार बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत यस बोनसदर कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीका अनुसार सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा सरिक भएका बीमितले बीमा अवधिको आधारमा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउनेछन् ।

कम्पनीले सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ९एकल० मा न्युनतम २७ रुपैयाँदेखि ४० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँ, सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्युनतम ४२ रुपैयाँदेखि ७२ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ ।

सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनाका सबै वर्षका बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनस दर निर्धारण गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया