लक्ष्मी बैंकद्वारा आफ्नो १२८ औं शाखा सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी बैंकले आफ्नो १२८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको लेखनाथमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । 

पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा रहेको यो शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैङ्किङ एजेन्टहरू पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया