काठमाडौं - समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारको सुरु गरेको छ । मर्जर कार्य सम्पन्न गरेपश्चात् आजबाट एकीकृत वित्तीय कारोबारको शुभारम्भ गरेको हो ।
एकीकृत संस्थाले समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार थालेको छ । बारा जिल्ला, सिमरामा रजिस्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि। र काभ्रेपलाञ्चोक जिल्ला, बनेपामा रजिस्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था बनेको हो ।
दुई संस्था गाभिए पश्चात् बनेको वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल सञ्चालन मुनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरू कायम भएका छन् ।
प्रतिक्रिया