आजबाट राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ । पोसिलो आहारका लागि दिगो कृषि भन्ने मूल नाराका साथ बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको हो।
बिहीबार पुजापाठ गरि बैंकको सञ्चालन गरीएको छ ।
२ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य यस बैंकले लिएको छ ।
बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ । हालसम्म बैंकमा ५ सय ९० जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैकले त्यसलाई बढाएर १ हजार जना प्रमोटर शेयर सदस्य बनाउने उद्घोष गरिसकेको छ । सरकारी मापदण्ड पूरा गरी केही वर्षभित्रै आइपिओमा जाने समेत बैंकको योजना रहेका छ ।
शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको अध्यक्ष उप्रेतीले बताए ।
बैंकले पहिलो चरणमा २३ वटा जिल्लामा यसै वर्षभित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैंकले त्यसका लागि तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय बिघा जमिन लिजमा लिइसकेको छ ।
प्रतिक्रिया