फेरी काठमाडौं उपत्यका विश्वको प्रदूषित सहरहरूको एक नम्बर सूचीमा

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यका फेरी पनि विश्वको प्रदूषित सहरहरूको एक नम्बर सूचीमा परेको छ। 

काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ । देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो । 

हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो । हिजोको तुलना केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल एक नम्बरमै कायम रहेको हो । 

वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ । यसैबीच काठमाडौं उपत्यकाको न्यनतम तापक्रम आज बिहान १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । 

दिउँसो बढेर २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया