आजबाट बिक्रीमा आयो आरएमडिसी लघुवित्तको संस्थापक शेयर, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर आजबाट लिलामी खुला गरेको हो ।

उक्त शेयरमा लिलामीका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी शेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । 

यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया