८.८५ प्रतिशत लाभांश वितरण गर्दै आरम्भ चौतारी लघुवित्त, नयाँ ६ सञ्चालक समिति चयन

५ बर्ष अगाडि

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारण सभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको छ । 

साधारण सभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

प्राप्ति पश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत ९सर्वसाधारण० हुने भएको छ । 

साथै लघुवित्तको नाममा शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको छ । 

लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारण सभाले गरेको छ । 

साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित ६ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया