काठमाडौं– आज (बैंशाख १ गते) देखी लागू हुने गरी दुई फाइनान्स कम्पनीले नयाँ ब्याजदर तोकेका छन् ।
बेष्ट फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तरगत बेष्ट फाइनान्सले निक्षेप अन्तरगत ४.७५ प्रतिशत देखि ९.२५ प्रतिशत सम्म तोकेको छ । यस्तै कर्जा तर्फ बेस रेटमा ४ प्रतिशत सम्म ब्याजदर तोकेको छ । कम्पनीको फागुन महिनाको बेस रेट १०.७० रहेको छ ।
यसैगरी नेपाल फाइनान्सले निक्षेपमा ३ प्रतिशत देखी ९.२५ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।
प्रतिक्रिया