नबिल बैंकले नयाँ वर्ष अफर : ‘ढुक्क र दङ्ग’

५ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त छुट अफर वैशाख महिनाभर रहने बैंकले जनाएको छ । नबिल बैंकको नजिकको शाखामा गएर नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड ९एनपीआर० जारी गरी अफरको लाभ लिन सकिने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया