एनआईसी एसिया बैंकको नयाँ वर्ष योजना, डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया बैंकले नयाँ वर्ष २०७८ को अवसर पारी नयाँ योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ताको योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत सस्तोडिल, ग्यापू, मार्केटप्लेस र स्टपग्रावबाट वैशाख ३ गतेसम्म विभिन्न सामग्री एनआईसीको मोबाइल बैंकिङ एपबाट खरिद गर्दा २० प्रतिशत छुट पाइने छ । 

साथै अधिकतम १५ सय रुपियाँसम्म नगद रकम फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया