५ अर्ब बढि भयो कोरोना बीमा दावी भुक्तानी

५ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले २०७७ बैशाख ४ गतेदेखि कोरोना बीमा गराउन थालेको थियो । गत बैशाखमा ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ बीमाङ्कको गरी दुई वटा कोरोना बीमालेखको बिक्री सुरु भएको हो ।

हालसम्म कोरोना बीमा वापत हालसम्म ५ अर्बभन्दा बढी रकम बीमितहरुलाई भुक्तानी भएको छ । जसमध्ये सरकारको दायित्वमा दुई अर्ब ३५ करोड १५ लाख रुपैयाँ परेको छ ।

बीमा समितिले उपलब्ध गराएको चैत्र ३० गते सोमबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा दाबी वापत ५ अर्ब भन्दा  भुक्तानी भएको छ । कुल ६० हजार ५८७ वटा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम भुक्तानी भएको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार चैत्र ३० गतेसम्म कारोना बीमा वापत कुल ९१ हजार ६७३ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका १ हजार ९८९ वटा दाबीका फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् ।

समितिका अनुसार १८ हजार ८५९ वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । महाशाखामा अध्ययनका लागि पठाइएका ३७ हजार ३८६ वटा फाइलमध्ये १८ हजार ५२७ वटा फाइल स्वीकृत भइसकेका छन् ।

कोरोना बीमा मापदण्डमा कोरोना बीमालेख खरिद गरेका बीमितलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सात दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया