एक्सेल डेभलपमेन्ट बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति

५ बर्ष अगाडि

काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो ।

बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद रु. १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ ।

उक्त सम्झौतामा श्री दिनेश कुमार पोखरेल (प्रमुख कार्यकारी अधिकृत, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड), श्री मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र श्री सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)  ले मिति २०७७ चैत २७ गते हस्ताक्षर गरेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया