नयाँ वर्षमा हाम्रो पात्रोले  ज्योतिष परामर्शमा ३५ प्रतिशत छुट दिने !

५ बर्ष अगाडि

हाम्रो पात्रोले आफ्नो लोकप्रिय “हाम्रो अन्लाईन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छुट ल्याएको छ । 

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा हाम्रो पात्रोले  सेवाग्राहिहरुले हाम्रो पात्रोको एप तथा वेबमार्फत आफ्नो आउदो वर्षका बारेमा परामर्श लिन सक्नेछन् ।  

हाम्रो पात्रो सँग आबद्ध ख्याती प्राप्त ज्योतिष गुरुहरुबाट आफुले चाहे अनुसारको परामर्श अन्लाईन मार्फत कुराकानी गरी आफ्नो आउदो वर्षको जानकारीका लागी सेवाग्राहिले हाम्रो पत्रो को एप अथवा वेबमा गएर परामर्श सक्नेछन् । यो सेवा निकै  लोकप्रिय रहेकोछ र सेवाग्राहिहरुले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगन, आदी सम्बन्धित विषयहरुमा परामर्शका लागी प्रयोग गर्दै आएका छन् ।   

यो छुट चैत्र ३० गते देखी वैशाख ५ गते सम्मका लागी मात्र लागु हुनेछ र इक्छुक सेवाग्राहिले बिहान ५ देखी दिउसो १ र बेलुका ७ देखी ९ बजेका बिच यो सेवा लिन सक्नेछन् । नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागी उपलब्ध हुनेछ । यस सेवा का लागी भुक्तानी अन्तरराष्ट्रिय कार्ड साथै नेपालमा ई सेवा, कनेक्ट IPS अथवा खल्तीबाट गर्न सकिनेछ ।  यो सेवा सन्सार भरिका हाम्रो पात्रो सेवाग्राहिले लिनसक्नेछन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया