दोलखामा गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका–४ मा गए राति साढे १० बजे टाटाको योद्धा गाडी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा रहेका छन् । चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको दोलखाका डिएसपी भेषराज रिजालले बताए ।
प्रतिक्रिया