काठमाडौं । क्युआर कोडबाट नेपालमा एक महिनामै २ अर्ब ५ करोड भन्दा धेरै कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिएसँगै फागुनमा २ अर्ब ५ करोड ५० लाख रुपैयाँ क्यूआर कोड स्क्यानबाट रकम भुक्तानी भएको छ ।
कारोबार रकमका आधारमा अन्य महिनाको तुलनामा यो सबैभन्दा धेरै हो । जबकी यो रकम माघ महिनामा १ अर्ब ७१ करोड २० लाख, पुस महिनामा १ अर्ब २४ करोड ५० लाख, मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख रकम भुक्तानी भुक्तानी भएको थियो ।
त्यसैगरी कारोबार संख्याका आधारमा फागुन महिनामा हालसम्मकै सबैभन्दा बढी ६ लाख ३५ हजार ७३८ वटा कारोबार भएका छन् । जबकी माघ महिनामा यस्तो संख्या ५ लाख ३५ हजार ७९० थियो ।
त्यसैगरी पुस महिनामा ३ लाख ७२ हजार १७६, मंसिर महिनामा ३ लाख ४३ हजार ५७४ र कात्तिक महिनामा २ लाख ४१ हजार ८१८ वटा कारोबार क्यूआर कोड स्क्यान गरी भएका थिए ।
प्रतिक्रिया