काठमाडौं - सिटिजन्स बैंकका कार्डवाहकहरूले दरबारमार्ग स्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धी सिटिजन्स बैंक र किङ्गस् लाउञ्ज बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
साथै बैकले हालैमा यूएसडि ईकम कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।
प्रतिक्रिया