काठमाडौं - भोलि मंगलबार तीन कम्पनीको साधारण सभा हुँदैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा हुन लागेको हो ।
उन्नति सहकार्य लघुवित्तले होटल पौवा रूपन्देहीमा बिहान १०:३० बजे साधारण सभा बोलाएको छ । सभाले १७.८१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आरम्भ चौतारी लघुवित्तले पञ्चकन्या बैंक्वेट काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सूर्योदय लघुवित्तले सहयात्री पार्टी प्यालेस स्याङ्जामा बिहान ८ बजे सभा गर्ने भएको छ । सभाले १५.३४ प्रतिशत बोनस शेयर र ०.८० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया