आफ्नै टीएमएस ल्याउँदै ब्रोकर, सुरु कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् । उनीहरूले आउँदो साउन १ गतेबाट (टीएमएस) सञ्चालनमा ल्याउन लागेका हुन् । 

ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा सेयर कारोबारको लागि नयाँ टिएमएस ल्याउनेदेखि सेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास भइरहेको जनाएको छ ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नु पर्ने दुःख अन्त्य गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको जनाएको छ ।  

लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया