आयकरको दोस्रो किस्ता बुझाउने भोलि अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम तिर्ने म्याद दुई दिन मात्र बाँकी रहेको छ । आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला भोलि अथवा चैत मसान्त सम्म रहेको छ ।

आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दे केही दिन अगाडि सूचना जारी गरेको थियो । 

साथै विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ ।

विभागले कर नबुझाए शुल्क, जरिवाना तथा ब्याज लाग्ने बताएको छ । आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको अनुमानित आय विवरण संशोधन चैतसम्म गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया