देशका अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली

५ बर्ष अगाडि

काठमाडौं–  हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

देशका अधिकांश भू– भागहरूमा आंशिक देखि सामान्य बदली  रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ। 

आज ( सोमबार) दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सफा  रहने छ।देशका पहाडी भू– भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन÷ चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।  

यस्तै राती देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया