काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।
गत चैत २६ गते डिवेन्चर बाँडफाँड गरेको कम्पनीले जनाएको छ । प्रतिकित्ता रु. १ हजार मूल्य तोकी ३५ लाख कित्ता डिवेन्चर बिक्रीमा राखेको थियो । जसमध्ये रु.२ अर्ब १० करोड मूल्य बराबरको २१ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.१ अर्ब ४० करोड मूल्य पर्ने १४ लाख कित्ता सर्वसाधारणको तर्फ बाट डिवेन्चर बिक्रीमा कम्पनीले जनाएको छ ।
८ वर्ष अवधि र ८.७५ प्रतिशत ब्याजदर ऋणपत्र गत फागुन २८ गते बिक्री खुला गरेको थियो ।
डिवेन्चर बाँडफाँड सम्बन्धी विवरण मेरो शेयर बाट गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया