१० अर्ब बढिको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले  १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज २६ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर मंगलबार बिक्री हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया