अलिबाबा कम्पनीमाथि अहिलेसम्मकै ठूलो जरिवाना, वर्षौँदेखि प्रभुत्व  दुरुपयोग गरेको आरोप

५ बर्ष अगाडि

एजेन्सी - विश्वको ठूलो अनलाइन विक्रेता चीनको अलिबाबा कम्पनीले अहिलेसम्मकै उच्च जरिवाना तिर्नुपर्ने भएको छ। कम्पनीले २.७५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको हो।

चीनको नियामक निकायले इन्टरनेटमा आधारित उक्त कम्पनीले बजारमा कायम रहेको आफ्नो प्रभुत्व वर्षौँदेखि दुरुपयोग गरेको आरोप लगाएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै अलिबाबाले उक्त आदेशलाई स्वीकार गर्दै तदनुरूप पालना गरिने जनाएको छ। विश्लेषकहरूले उक्त जरिवानालाई बेइजिङ आफूलाई निकै ठूला लागेका इन्टरनेट मञ्चहरूविरुद्ध जान खोजेको सङ्केतका रूपमा लिएका छन् ।

उक्त जरिवाना सन् २०१९ मा अलिबाबाले गरेको कुल आयको चार प्रतिशत रकम हो। नियामकहरूले अलिबाबाले केही अन्य विक्रेतालाई अन्य मञ्चहरू प्रयोग गर्न रोक्दै प्रतिस्पर्धामा अवरोध पुर्‍याएको आरोप लगाएका छन्।

उक्त कम्पनीप्रति लक्षित कारबाहीको आरम्भ गत अक्टोबर महिनामा भएको थियो जतिखेर उक्त कम्पनीका सहसंस्थापक ज्याक माले चीनका प्रमुख नियामकहरूसमक्ष उनीहरूले नवप्रवर्तनलाई दमन गर्न खोजेको बताएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया