काठमाडौंको गेस्ट हाउसमा क्षेत्रीको शव फेला !

५ बर्ष अगाडि

काठमाडौंको गेस्ट हाउसमा एक पुरुषको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको हो । 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट  बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले  बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया