आइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल

५ बर्ष अगाडि

काठमाडौं - इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेसँगै निष्कासनको प्रकृया अघि बढाएको छ ।

कम्पनीले शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया