काठमाडौं - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ ।
कम्पनीको पौष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ को ७.३७ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।
साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई पनि सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया